२०८१ वैशाख २४ गते | 6th of May 2024

वैशाख १७ मा २, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र वैशाख २७ गते १, बागमती र प्रदेशका ३७ जिल्लामा गर्न सरकारद्दारा निर्वाचन आयोगलाई सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २७ गते १४:०९
काठमाडौँ – सरकारले दुई चरणमा सम्पन्न हुने आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो चरणमा २०७८ वैशाख १७ गते प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश अन्तर्गतका ४० वटा जिल्लाहरूमा र दोस्रो चरणमा २०७८ वैशाख २७ गते प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका ३७ वटा जिल्लामा गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।
हालैका मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने र त्यसका लागि प्रधानमन्त्रीले सरकारका तर्फबाट निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगमा स्वयं नै गएर जानकारी गराउनु भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *