२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोगमा

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २७ गते १४:२२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेट पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिनुभएको जानकारी गराउनुभयो ।
सो छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने वजेट लगायतका विषयमा छलफल भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी गराउनुभएको थियो ।
थापाका अनुसार आजको भेट सरकारका तर्फबाट भएकाले पार्टीको विवाद लगायतका विषयमा खासै छलफल भएन । आयोगका पदाधिकारीलाई मेट्न उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवास नेम्वाङ् लगायतका पदाधिकारी आयोगमा पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *