२०८१ वैशाख १९ गते | 1st of May 2024

टेक्सासमा अन्तर राज्यस्तरीय भलिवल प्रतियोगिता संचालन हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १९ गते २०:५१

डालस – सुदूर-पश्चिम नेपाली समाज टेक्सस द्वारा प्रथम राज्यस्तरीय भलिवल प्रतियोगिताको घोषणा गरेको छ । नेपालीहरु माझ लोकपृय रहेको भलिवाल खेललाई अमेरिकामा रहेका नेपाली बिच मनोरंजन तथा आपसी भाईचारा र सदभाव विकास गराउन सुदूर- पश्चिम नेपाली समाज टेक्ससले आगामी मार्च २७ र २८ गते पहिलो पटक राज्यस्तरीय भलिवल प्रतियोगिता टेक्सासको फोर्थवर्थ शहरमा आयोजना गर्ने घोषणा गरेकोछ ।

सुदूर-पश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष प्रेम शाहीले खेलमा करीब १६ देखी २० अमेरिका स्थित राज्यस्तरिय नेपालीहरुको टीमको सहभागीता रहने र खेलको पूर्व तयारी पूरा भएको समेत जनाएका छन । साथै अध्यक्ष शाहीले कोभिड १९ को संक्रमणलाई समेत मध्यनजर गरेर सजकताका साथ संचालन गरिने यस महत्वपूर्ण कार्यक्रममा यहाँहरू सबैको गरिमामय उपस्थिती, सहभागीता र सहयोगका लागी सम्पूर्ण बुद्धिजिवी, पत्रकार, खेलप्रेमी महानुभावहरु र खेलाडीहरूमा अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *