२०८१ वैशाख १८ गते | 30th of April 2024

कृष्णबहादुर बलालले हात पारे तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २९ गते १५:४९

भर्जेनिया- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पुर्ब अध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि हात पारेका छन् । नेपाली समय अनुसार चैत्र २८ गते बेलुका अमेरीकाको भर्जेनिया शहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै बलालले छैटौं डानबाट सातौं डानमा स्त्तोन्नती गरेका हुन । ब्लक बेल्ड सातौं डान बेल्ट परिक्षामा उत्रिणा भएका बलालले तेक्वान्दो मास्टरको उपाधि पनि हाँसिल गरेका छन् । आईटिएफ तेक्वान्दोमा सातौं डानको उपाधि हाँसिल गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन् ।

दुई कार्यकाल नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको नेतृत्व गरेका बलाल नेपाल राष्ट्रिय मार्सलआर्ट महासंघ(एमएनजीसी) का सस्थापक अध्यक्ष पनि हुन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले सातौं डान परिक्षाका लागि बलालको नाम मनोनयन गरि अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितीमा सिफारिस गरेको थियो । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितीको १४ मार्चमा बसेको बोर्ड बैढकबाट बलाललाई परिक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आईटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमालले जानकारी गराएका हुन् । धमला एशियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *