डेन्भर – यही मे महिनाको २९ र ३० तारिखमा निर्वाचन हुने तय भएपछि कोलोराडोमा रामचन्द्र पन्त समूहले आज एक भेलाको आयोजना गरी संजय शाक्यको संयोजकत्वमा २७ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।
दीपक सुनुवार उप-संयोजक रहेको उक्त समितिले कोलोराडोका विभिन्न सिटीका मतदातासँग प्रत्यक्ष सम्पर्क, परामर्श र अनलाइन मतदान प्रक्रिया आदि जानकारी गराउनका लागि प्रचार प्रतिनिधि तोकेको संयोजक शाक्यले बताएका छन् । यसका लागि सिटी र सम्पर्क व्यक्ति यसप्रकार छन् :
यसअघि कोलोराडो च्याप्टरमा सहमतिमा चयन भए पनि यस पटक भने वर्तमान कार्यसमितिका अध्यक्ष कुमार जंग कार्की र उपाध्यक्ष रामचन्द्र पन्त आ-आफ्ना समूह सहित च्याप्टरको चुनावी मैदानमा आमने सामने भएर देखिएका छन् ।
गैर आवासीय नेपाली संघको राज्य, राष्ट्रिय र अन्तरराष्ट्रिय तहमा हुने निर्वाचनको लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ भने अमेरिकामा २० हजार १४६ तथा कोलोराडोमा मात्रै ६ सय ५१ जना सूचिकृत मतदाता संख्या रहेका छन् ।
यस प्रचार प्रसार समितिले कोलोराडो च्याप्टरमा रामचन्द्र (आर.सी.) पन्तको सम्पूर्ण टिम सदस्यहरूलाई र केन्द्रमा कोलोराडोबाट NRNA, NCC को चुनावमा उठेका प्रेमकाजी श्रेष्ठ, राज ढुंगाना र साबु गदाललाई जिताउन हर सम्भव प्रयत्न गरिने समेत जनाइएको छ।