२०८१ वैशाख २१ गते | 3rd of May 2024

अमेरिकामा अस्पतालमा कोरोना संक्रमितहरुको सङ्ख्या २३ प्रतिशतले घटयो

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १४ गते १०:४८

वासिङ्टन  – अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३७ प्रतिसतले कमी आएको छ । अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको निधन भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ ।
हाल अमेरिकामा २७ हजार ९४६ अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २३ प्रतिशतले घटेको छ । अघिल्लो दिन अमेरिकामा नौ लाख ८६ हजार ३९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहिबार बिहान मे २७ सम्म कोरोनाबाट सङ्क्रमितहुनेको कूल सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ८९५ रहेको छ । अमेरिकामा कूल २८ करोड ९२ लाख १२ हजार ३०४ जनाले कम्तिमा एक खोप लगाएका छन् ।
अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४० प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको सङ्ख्या ५० प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *