२०८१ वैशाख २४ गते | 6th of May 2024

मियामीमा एक भवन भत्किँदा चार जनाको मृत्यु १ सय ५९ भन्दा बढि बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ११ गते १४:५८

काठमाडौं –  अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने १ सय ५९ भन्दा बढि हराईरहेका छन ।
बीबीसीका अनुसार मियामीस्थित एक आबासीय क्षेत्रमा रहेको १२ तले भवन भत्किएको हो । उद्धारकर्ताले ३५ जनालाई जीवितै बाहिर निकालेको छ । जसमध्ये दश जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ भने दुईजनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उक्त ब्लक सन् १९८० मा निर्माण भएको थियो । मियामीका मेयर डेनिएल लिभाइन काभाका अनुसार भनव भत्किँदा उक्त क्षेत्रमा रहेका १३० मध्ये अधिकांश भवन प्रभावित भएका छन् । हराइरहेकामध्ये केही ल्याटिन अमेरिकी अप्रवासी रहेको बताइएको छ । पराग्वेकी प्रथम महिलाकी आफन्त समेत उक्त दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ ।
भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *