२०८१ वैशाख २८ गते | 10th of May 2024

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गर्यो

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २३ गते १२:५६

काठमाडौं –  संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा बृद्धि गरेपछि अमेरिकाले यसप्रकारको आग्रह गरेको हो ।
काबुलस्थित अमेरिकी दूताबासले एक वक्तब्य जारी गरी “सुरक्षा अवस्था, कर्मचारीमा कटौती, दूताबासको काबुलभित्रै पनि सहयोग गर्ने क्षमता सीमित भएकोले उपलब्ध ब्यवसायिक उडानबाट तुरुन्त अफगानिस्तान छाडन अमेरिकाले आफ्ना नागरिकलाई जोड दिन्छ ” उल्लेख गरेको छ । शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।

One thought on “अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *