– गोकुल ढकाल
हिन्दूहरुको आशाको महान पीठ श्रीपशुपतिनाथमा अहिले पनि नेपालका होईनन, भारतीय भट्टहरुलाई मुल पूजारी बनाउने चलन छ । मान्छेहरु यो प्रकृयाको बिरिध गर्छन, नाम कमाउन वा हल्ले सेलिब्रेटी बन्न । तर, सनातन धर्मको नियम फरक छ । जब रावणको अपराध र क्रुरता बर्बर बन्यो, देवलोकमा हाहाकार चल्यो । सर्वश्रेष्ठ शिवभक्त रावणको दानवी हमलाहरुले आक्रान्त देवताहरु ब्रम्हादेवका शरणमा पुगे । संसारका रचायता ब्रम्हाले भने ‘अब श्रीहरीले पातलमा कौशल्याको गर्भबाट रामको रुपमा जन्म लिएर धर्मको रक्षा गर्नुपर्यो ।’ संहारकर्ता बिष्णु भगवानले सोधे, ब्रम्हदेव म जाने पातल ? ब्रम्हाली भने ‘यो बिधीको बिधान हो, यसलाई टार्न सकिन्न । जब ब्रम्हान्डमा धर्मको संकट पर्दछ, तब श्रीहरी बिष्णुले यसको पार लगाउनुपर्ने भएकोले यो बिधान मान्नुपर्नेछ ।’
थोडी हामी हौं, भगवानहरु जो परे । कौशल्या माताको गर्भबाट दशरथ राजाका सुपुत्र राम जन्मे र रावणको राक्षसी राजको बध गरे । भलै, सिता अपहरित भईन, १४ बर्षको वनवास जो भगवान रामलाई मिल्यो । कैकेयीले स्वार्थपुर्तीमा आफ्नो छोरो भरतलाई राजगद्धी सुम्पिन रामलाई बनवास पठाइन । यो सबैले सुनेको कहानी हो ।
मान्छेहरु कैकेयीलाई नराम्रो ठान्छन, रामलाई बनवस पठाएको भूमिकामा । महाभारत पढ्नेहरुले बुझेका होलान । रावणले अयोध्यामा गरेको आक्रमणमा कैकेयीलाई ‘तेरो बध गर्न मेरै परिवारमा एक जना जन्मने छ’ भन्ने वाचा पुर्याउन रामले बनवस झेल्नुपरेको सबैले बुझेकै होलान । किनकी यो सबै ‘विधीको विधान’ थियो ।
त्यसैले पशुपतिनाथ मन्दिरमा भट्टहरु पूजारी बन्नु राजनीति होईन, बिधिको बिधान हो ।
यस्तै एउटा युवाको रहर र विधीको बिधानले दुई बर्ष अगाडी श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको अध्यक्षमा रामेश्वर भन्डारीलाई नेपाली समाज लस एन्जसले निर्वाचित गरायो । धनी मान्छे वा दुई चारवटा ब्यापार भएका ‘तथाकथित पैसावालहरु’ मात्र सामुदायिक नेता हुने नजीरलाई तोड्दै एउटा पत्रकार, श्रमजिवी परदेशी, नेपाल फर्कने मानसिकता बनाएर पनि अमेरिका आईसकेपछी केही गर्नुपर्छ भनेर अडिंदै, घिस्रिंदै, संघर्षिंदै ग्यांस स्टेशनको कमाईले चुलो बाल्दै पढेर प्राध्यापक भएको युवाले पैसा दिएकाहरुको मामात्रत्रा नाम आउने मन्दिरको बागडोर सम्हाल्ने ईच्छा राख्यो ।
धेरैले जिब्रो टोके । भक्तसिंहको भक्त, रिषीप्रसादको चेलो, ज्ञानबहादुरको बुद्धी, रामको हनुमान वा फलानाको ढिस्कानो । यो कुरा काट्ने समाज हो । नेपाली समुदायको हरेक कार्यक्रममा उपस्थितहरु प्रायश: अरुको कुरै काट्न उपस्थित हुन्छ्न । यहाँं कसको घर बैंकको लीलामीमा पर्यो, डाउन्टाउनमा कस्को ग्लास पसल बन्द भयो, कसले को संग कती पैसा माग्यो, कार्यक्रम गर्न पैसा माग्दा कसले कती कसको कुन बिधीले श्राद्ध गर्छन्, ती सबै चर्चा हुन्छन । यी यावत सामाजिक महाभारतलाई चिर्दै रामेश्वर भन्डारी प्रवासी नेपाली सामुदायिक संस्थाको उदाहरण श्रीपशुपतिनाथ फाउन्डेशनको अध्यक्ष चुनिए, दुई बर्ष अगाडी ।
दुई दिन अगाडी लस एन्जलस नेपाली समाजले अर्का जुझारु बिमल श्रेष्ठलाई यो क्षेत्रको अभिभावक संस्थाको नेताको रुपमा स्विकारेको छ । काम, काम अनि कामका छरिता श्रेष्ठको आगमन ग्रेटर लस एन्जलस क्षेत्रमा बहुतै सान्दर्भिक मानिएको छ । राजनीति, आलश्यता र ढाकछोपका शत्रु श्रेष्ठको थर श्रेष्ठ होईन, काम हो वा बिमल काम ।
श्रेष्ठको आगमनसंगै भन्डारीको कार्यथालनीसंगै केही राजनिती भने अबश्य घुसेको छ । यसको बारेमा निरन्तर अंखा लगाम्ला । तर श्रेष्ठ मन्दिरको काम र उत्थानका लागि कसैको केही नसुन्ने प्रष्टवादी भनेर चिनिन्छन ।
त्यसो त, संस्थापक अध्यक्ष भक्त थापाको कार्यकाल पछी सबैभन्दा शान्त कार्यकाल भन्डारीको निवर्तमान कार्यकाल भयो । सबैभन्दा भद्र भन्डारीको कार्यकाल भयो । सबैभन्दा सभ्य भन्डारीको कार्यकाल रह्यो ।
यो सुन्दा भन्डारीको पिछलग्गु भएको कुरा काट्नेहरु पनि भोली कफी सपहरुमा नभेटिने होईनन । तर सत्य सदैव सत्य नै हुन्छ ।
अस्ती सम्पन्न मन्दिरको साधारण सभामा भन्डारीले प्रस्तुत गरेका प्रतिवेदन सुन्दा गर्वले छाती फुल्थ्यो । मन्दिरको स्थापना भएदेखी अहिलेसम्मकै सबैभन्दा बढी रकम संकलन भएको छ । यो क्षेत्रमा नेपाली सामुदायिक केन्द्र स्थापनार्थ आयोजना गरिएको महापुराणबाट करिब आठ लाख डलर र अन्य प्रकृयाबाट मन्दिरका लागि उठेको करिब ४ .५ लाख सहित करिब १.२ मिलियन डलर केवल भन्डारीको कार्यसमितिले संकलन गरेको छ । जुन कुरा संस्थाको वेब-साईटमा सर्वसाधारणका लागि खुल्ला उल्लेख छ ।
५४ जना आजीवन सदस्यता उनकै कार्यकालमै थपिएका छन भने २६ जना ट्रष्टी सदस्य उनकै कार्यकालमा बढेका छन । हिजो वरिपरिका र छत्रछायांका मान्छेहरु मात्र कार्यसमितिमा पर्ने चलनका बावजुद वर्तमान कार्यसमितिले १० जना नयाँ सदस्यहरुलाई मन्दिरको कार्यसमितिमा प्रवेश दिंदै सामाजिक सेवाको अवसर दिएको छ ।
नेपाली पाठशालाले स्तरियता ग्रहण बढोत्तरी गरेको छ । सुमन ढकालजस्ता जांगरिला र उनको समुहले नेपाली पाठशालामा गरेको लगानी साच्चै अतुलनीय छ । मन्दिरमा सनातन धर्मको शास्वत बिद्धा संस्क्रितको पाठन हुन्छ । भात पाकेका, किचेनमा धुवां लागेका, पिज्जा बांडिएका वा जन्मदिनमा केक काटिएका सैयौं कथाहरु त संस्थामा हुन्छन नै ।
र पनि, राजनैतीक संलग्नता र त्यसबाट सिकिएको पारस्परिक सम्बन्ध, कठिन कालमा गरिएको नेपाली पत्रकारिताले सिकाएको सम्बन्ध विस्तार, ग्यांस स्टेशनको दु:खले सिकाएको प्रवासीको वेदना, संघर्षले पढिएको अमेरिकी कलेजको शिक्षाले सिकाएको ज्ञान र ठुला कलेजमा प्राध्यापक भईरहंदा सिकिएको ज्ञानलाई पूर्णरुपमा मन्दिरको हितोन्नतीका खातिर अर्पिएका भन्डारीको दुई बर्षे कार्यकाल लस एन्जलस नेपाली समुदायको गौरबको कार्यकाल रह्यो ।
नेता जो पनि हुन्छ, त्यो पात्र हो । जसको चरित्र हुन्छ, नेता त्यो हो । बिषयगत कुरामा गहिरो अध्ययन, भाईचारा संगठनहरुसंग सुमधुर सम्बन्ध, पत्रकारिताको पवित्र धार्मिक निर्वाहिता, लस एन्जलस बाहिरका संस्थाहरुसंगको सालीन सम्बन्ध, समस्याहरुसंगको गाम्भीर्य कुटिलता, ब्यवस्थापकीय कार्यकुशलता, भद्र ब्यवहार, आकर्षक व्यक्तित्व र सबै कुराले भगवानले साथ दिएका भन्डारीको कार्यकाल सुवर्णमय बन्यो । हार्दिक बधाई, भन्डारीजी ।
अबको दुई बर्ष पछी हाम्रा वर्तमान सभापती बिमल श्रेष्ठजीको बारेमा पनि यस्तै देख्न र लेख्न पाईयोस । अनि बल्ल भन्नेछन मान्छेहरुले, वाह यो चटुकारीकता रहेनछ ।