२०८३ वैशाख ६ गते | 19th of April 2026

लस एन्जलसमा भोलि ‘बृहत् सामुदायिक पिकनिक २०२६’

खुल्लामन्च
 प्रकाशित: २०८३ वैशाख ६ गते ६:१६

लस एन्जलस — नेपाली जनसम्पर्क समिति (Nepali Public Relations Committee), अमेरिका अन्तर्गत साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा ‘बृहत् सामुदायिक पिकनिक २०२६’ भोलि आयोजना हुँदैछ।

नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको उक्त पिकनिक आइतबार, अप्रिल १९, २०२६ मा आर्टेसिया पार्क, आर्टेसिया (18750 Clarkdale Ave, CA 90701) मा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। पिकनिकमा स्वादिष्ट खाना, रमाइलो वातावरण, खेलकुद गतिविधि तथा आकर्षक उपहारहरूको व्यवस्था गरिएको छ।

यसका साथै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् भने सबै उमेर समूहका सहभागीहरूका लागि विशेष आकर्षण रहनेछ। कार्यक्रममा प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक शशीर भण्डारीका अनुसार समुदायलाई एकताबद्ध गर्दै नयाँ वर्षलाई उल्लासका साथ स्वागत गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

नेपाली समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई उत्सवलाई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *