२०८१ फागुन ४ गते | 16th of February 2025

अमेरिकाको राष्ट्रपति ट्रम्पको नया नीति अमेरिकी सेनामा तेश्रो लिंर्गीलाई प्रतिबन्ध

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते ५:०४

एजेन्सी १२ साउन । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएपछि पहिलो पटक तेश्रो लिंगीलाई अमेरिकी सेनामा प्रवेश रोक लगाउने भएको छ । राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी मानिसले देशको सेनामा कुनैपनि क्षमताको कार्य गर्न नसक्ने बताएका छन्।  राष्ट्रपति ट्रम्पले आफूले सैन्य विज्ञसँग सल्लाह गरेपछि तेस्रो लिंगीका लागि उल्लेख्य मात्रामा स्वास्थ्य खर्च र अवरोध रहेको जानकारी पाएको बुधबार ट्विट गरेका छन्।

आफ्नो कार्यकालको अन्तिम वर्ष सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले खुला रुपमा तेस्रो लिंगी नागरिकलाई देशको सैनिक सेवामा कार्य गर्नसक्ने निर्णय गरेका थिए। तर यस वर्षकै जुन महिनामा अमेरिकाको रक्षा मन्त्रालयका सचिव जेम्स म्याटिस अमेरिकी सैन्य फौजमा तेस्रो लिंगीलाई भर्ना गर्ने विषयमा छ महिना लम्ब्याउन मञ्जुर भएका थिए।

तेस्रो लिंगी नागरिकलाई देशको सम्पूर्ण सेवामा प्रवेश गर्न दिने विषयको केही रिपब्लिकन सिनेटरले विरोध गरेका थिए। ुद इन्डिपेन्डेन्ट र्‍यान्ड कर्पोरेशनु नामक एक संस्थाले गरेको एक अनुमानित विवरण अनुसार सन् २०१६ मा अमेरिकी सेनामा रहेका करिब १२ लाख सक्रिय सेनामध्ये दुई हजार चार सय ५० जना तेस्रो लिंगी रहेको विवरण सार्वजनिक गरिएको थियो। ुअमेरिकी सेनाका जनरल र सैन्य विज्ञसँगको सल्लाहपछि संयुक्त राज्य अमेरिकाले तेस्रो लिंगी व्यक्तिलाई अमेरिकी सेनाको कुनैपनि प्रकारको जिम्मेवारीमा नलिने भएको छ,ु शृंखलाबद्ध रुपमा ट्विट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले भनेका छन ।

ुहाम्रो सेना निश्चित र साहसिक जितका लागि केन्द्रीत हुनुपर्छ। तसर्थ अमेरिकी सेनामा रहेका तेस्रो लिंगीका कारण हुने अनावश्यक खर्च र अवरोध सहन सक्दैन,ु राष्ट्रपति ट्रम्पले लेखेको ट्विटमा जनाइएको छ।

अमेरिकी सेनामा समलिंगी महिला र पुरुषलाई खुला रुपमा गरिने प्रतिबन्ध ुडन्ट आक्स, डन्ट टेलु सन् २०११ मा हटाइएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले सन् २०११ अगाडिको अवस्थामा पुर्‍याएको जेन्डर र सेक्सुआलिटी अध्ययन गर्ने अमेरिकी संस्था पाल्म सेन्टरका निर्देशक आरोन बेल्किनले बिबिसीलाई बताए। ुडन्ट आक्स, डन्ट टेलु अमेरिकी सैन्य संरचनामा लगभग दुई दशक हानी पुर्‍याएको नीति थियो,ु उनले बताएका छन । विविसिबाट साभार गएिको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *