२०८२ असार ९ गते | 23rd of June 2025

अमेरिकाकाे १० सहर र राज्यहरूमा विरोध प्रदर्शन

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ २९ गते १५:१७

अमेरिका – अमेरिकी सरकारले आप्रवासीमाथि छापा मारेपछि भएको प्रदर्शनमा हिंसात्मक प्रतिरोध गरेपछि थप १० सहर र राज्यहरूमा विरोध प्रदर्शन सुरु भएको छ ।

ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रण गर्न राष्ट्रिय गार्ड र अमेरिकी मरिन तैनाथ गर्ने आदेश दिएको छ, यद्यपि क्यालिफोर्नियाका गभर्नरले यसविरुद्ध मुद्दा दायर गरेका छन् ।ल्याटिनो जनसंख्या बढी भएको क्षेत्रबाट अध्यागमन अधिकारीहरूले छापा मारेर ठूलो संख्यामा अवैध आप्रवासीलाई पक्राउ गरेपछि विरोध प्रदर्शन सुरु भएका हुन् । लस एन्जलसबाहेक धेरै सहरमा विरोध प्रदर्शन र जुलुसहरू सुरु भएका छन् । अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसका प्रभावित क्षेत्रहरूमा धेरै सवारी साधनमा आगजनी गरिएको रिपोर्ट छ र धेरै ठाउँमा लुटपाट पनि भएको छ ।

बीबीसी संवाददाता माया डेभिसका अनुसार मंगलबार टेक्सास, न्युयोर्क, सन फ्रान्सिस्को, सान्टा आना, फिलाडेल्फिया, एटलान्टा, सिकागो, वासिंग्टन डीसी, बोस्टन र सियाटलमा विरोध प्रदर्शन भएका थिए । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *