२०८१ फागुन ४ गते | 16th of February 2025

एनआरएन अमेरिका, महिला संयोजक पदकी उम्मेद्वार लक्ष्मी खरेल थापा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते २१:४४

सान फ्रान्सिस्को, क्यालिफोर्निया ।  बिगत लामो समय देखी थुप्रै संघ सस्थामा बसीकार्य गरेको अनुभबलाई सगठानात्मक तथा सकारात्मक ढगंले सदुपयोग गर्दै सामाजिक सेवामा अंझ प्रभावकारी ढगंले लाग्ने उद्देस्यका साथ एन आर एन अमेरिकाको महिला संयोजकमा उमेद्द्वारि प्रस्तुत गरेकी क्यालिफोर्निया निवासी लक्ष्मी खरेल थापा निर्वाचन मिती नजिकिदै गर्दा थप उत्शाहित बनेकी छिन्। आफ्ना शुभचिन्तक एवम समर्थकहरुको हौसला र साथका कारण आफुले निर्वाचन जित्ने माहोल बन्दै गएको लक्ष्मीको ठहर छ ।

समस्त गैर आवसिय नेपालीको हक , हीत एवम महिलाहरूको पक्षमा लड्ने प्रतिबद्दताको साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी लक्ष्मी कुशल गायिका पनि हुन । आफ्नो उम्मेद्द्वारि र प्रतिबद्दता बारे लक्ष्मी यसरी प्रकाश पार्दछिन ।

एनआरअन अमेरिका महिला सयोजकमा उम्मेदवारीबारे लक्ष्मी खरेल थापा  
महिला सयोजकमा मेरो उमेदवारी किन ?

  • ⁃ महिलाहरूको हक हितको संरक्षण गर्न 
  • ⁃ महिलाहरू बिरूद्ग हुने कुनै पनि भेदभाव र अन्नयायका बिरूद्ग लड्न
  • ⁃ जातिय तथा सबै प्रकारका बिभेद बिरूद्ग लड्न
  • ⁃ महिलाको शिप विकास र प्रगतिका लागि खट्न
  • ⁃ महिलाहरूको संगठित आवाजले नै महिलालाइ आफ्नो खुट्टामा उभिन सघाउ छ र मेरो मिसन भनेको नै संगठित होउ दिदी बहिनी प्राप्त गर आफ्नो अघिकार भन्ने हो
  • ⁃ अमेरिका र संसार भरि छरिएका रहेका नेपाली नारीहरु तथा दाजु भाइ लाई बृहत रुपमा समन्वय गर्न  ⁃ सबैको साझा सस्थाको रूपमा एनआरएन अमेरिका लाइ बिस्तारित् गर्न
  • ⁃ हामीमा भएको सिप ,आर्थिक सवलता र ब्यवाहारिकता लाइ पूर्ण  रूपमा उपयोग गरि अमेरिकी नेपाली समुदाय , नेपाली महिला दिदी बहिनी लाइ आर्थिक सम्पन्नता तर्फ लैजान

मेरा यिनै प्रतिबद्दताहरुलाई कार्वान्नयन गर्न एनआरएन  महिला संयोजक पदमा आफ्नो उमेद्वारी घोषणा गरेकी छु । अमेरिकाको सबै राज्यमा बस्नुहुने तमाम दाजुभाई, दिदिबहिनिहरु, साथीभाई,आमा बुवा , आजिबन तथा साधारण सदस्यहरुले मलाइ सामाजिक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने आशा राख्दछु, धन्यवाद ।

Source ; 977Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *