२०८१ साउन १२ गते | 27th of July 2024

४५ करोडको लगानीमा दुधकोशी एकवारको सुरुवात, सांसद खतिवडाले गरे शुभारम्भ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १८ गते १५:५५

काठमाडौं १८ भदौ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ओखलढुंगामा विकासको ढोका खुलेको बताएका छन । दुधकोशी एकवारको शिलान्यास गर्दै सांसद खतिवडाले अब जिल्लाको विकासको ढोका खुलेको छ यसलाई तीव्र रुपमा अगाडि बढाउनु पर्ने बताए । ओखलढुंगा, सोलु र खोटाङ जिल्ला जोडने दुधकोशी एकवार मोटरबाटो सुरु भएको छ । शनिबार नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले दुधकोशी एकवारको शिलान्यास गरेका छन । २९ किलोमिटर लम्बाइ रहेको उक्त मोटरबाटो ४५ करोडको लगानीमा बन्न लागेको हो ।

शनिबार जयराम घाटमा उक्तबाटोको शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा बेल्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा दुधकोशी एकवारले सोलुखुम्बु ओखलढुंगाका पूर्वका स्थानीय तथा खोटाङ जिल्लाबासीहरुलाई सहुलियत हुने बताए । सोलुखुम्बुमा रहेको पवित्र धर्मिकस्थल दुधकुण्ड जानेहरुका लागि पनि यो बाटो छिटो सहज हुने खतिवडाले बताए । यस बाटोले ओखलढुंगाको विकासमा फड्को मार्नेका दुइमत नभएको खतिवडाको भनाइ थियो ।

रबुवामा बन्न लागेको दुधकोशी हाइड्र«ोलाई समेत यो सहज हुने खतिवडाले बताए । यो बाटाको शिलान्याससंगै ओखलढुंगाको विकासको ढोका खुलेको खतिवडाको भनाइ थियो । दुधकोशी एकवारसंगै मोलुङ एकवार, मोलुङ हाइड्रो, लिखु एकवार जस्ता योजनाले जिल्लाको विकासको बाटो खुल्ने खतिवडाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *