२०८१ साउन १२ गते | 27th of July 2024

भाडामा ट्याक्सी जान मोनन भने १०० र १०३ मा फोन गर्नुस

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १९ गते २:५१

 

काठमाडौं, १९ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने भाडाका ट्याक्सीलाई धमाधम कारबाही गर्न थालेको छ । यात्रुलाई गन्तव्यमा पुर्‍याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ३८ जना ट्याक्सी चालकलाई आइतबार कारबाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले मिटर नजोडेका तीन, कागजपत्र नलिइ सवारी चलाएका दुई ट्याक्सी चालकलाई थप कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग र यातायात विभाग पठाएको छ ।
भाडा ट्याक्सीले मिटरमा जान नमाने ट्राफिक प्रहरीलाई जानकारी दिन समेत आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सिभिल मा खटिएको टोलीले मिटरमा जान्न नमान्ने ट्याक्सीलाई कारबाही गरिरहेकाले त्यस्ता ट्याक्सीबारे १०० र १०३ मा फोन गरेर जानकारी दिन ट्राफिक प्रहरीले आग्रह गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *