रसुवा । ८८ किलो सुन तस्करीमा संलग्न थप दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा रसुवामा दुई जना सवारी चालक पक्राउ परेका हुन ।
प्रहरीका अनुसार रसुवागढीबाट दिलिप खड्का र स्याफ्रुबाट दाम्पा तामाङ पक्राउ परेका हुन् ।
चीनको केरूङबाट रसुवागढी नाका हुँदै काठमाडौं पुर्याएको ८८ किलो सुनसहित महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका(१७ क्षेत्रपाटीबाट मनोज अधिकारीलाई पक्राउ गरेको थियो ।
महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित अधिकारीलाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।