२०८१ साउन १२ गते | 27th of July 2024

भृकुटीमाण्डपको जग्गा कौडिको भाउमा फनपार्कलाई

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २५ गते २:०८

काठमाण्डौ २५ भदौ । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् ।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङका परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ बर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगाइ सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् ।

फनपार्कले ६४ रेपानी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार बर्षका लागि सम्झौता गरेको थियो ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *