नेपालगन्ज २५ भदौ । नेपालगन्जमा आइतबार लागेको आगोले पाँचवटा पसल जलेर नष्ट हुनुका साथै एक करोड बराबरको क्षती भएको छ । नेपालगन्ज–सुर्खेतरोडमा रेहका पसलमा आगलागी भएको हो। दिउँसो ४ बजे मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गर्ने क्रममा आगो सल्केको थियो। उक्त मोटरसाइकल वर्कसपमा लागेको आगोले वरिपरिका पाँचवटा पसलमा क्षति पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए।
उनले मोटरसाइकल स्टार्ट गर्ने क्रममा पेट्रोलमा आगो सल्केको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए। नेपालजगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट पसलका सामान जलेर नष्ट भए पनि मानवीय क्षति नभएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। उनका अनुसार आगलागीमा करिव एक करोड रुपैयाँ बराबरका सामान जलेर नष्ट भएको अनुमान गरिएको छ।