२०८१ जेठ ६ गते | 19th of May 2024

प्रधानमन्त्री देउवाद्धारा मन्त्रीमण्डल विस्तार, कमल थापा उपप्रधान

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २७ गते १४:१९

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गरेका छन । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन । मन्त्रीपरिषद विस्तारसँगै राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेका छन ।

त्यस्तैगरी राप्रपाका नेताहरु दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।
भास्कर भद्रा, कुन्ती साही, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त भएका छन । मन्त्रीहरुको मन्त्रालय भने कसैको पनि तोकिएको छैन । शनिबार नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाउने र सपथ गराउने सरकारको तयारी छ ।

यता निर्वाचनको मुखमा आएर मन्त्रीमण्डल विस्तार गरेको प्रति निर्वाचन आचार संहिता विपरित भएको भएको निर्वाचन आयोगको भनाइ छ । आयोगले चुनावको मुखमा कुनै अप्रिय कदम नचाल्न सरकारलाई भनिरहेको बेला सरकारले मन्त्रीपरिषद् विस्तार गरेको हो ।
निर्वाचन आयोगले आचारसंहिता विपरित भनेकोमा नवनियुक्त उपप्रधानमन्त्री थापाले आयोगले आचारसंहिता विपरित कार्य गर्नेलाई कारवाही गर्नु र निर्णय सच्याउनु आयोगको संबैंधानिक दायित्व भएकाले आचारसंहिता विपरित भए निर्णय उल्टयाउन भन्दै ट्वीट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *