२०८१ वैशाख २४ गते | 6th of May 2024

कांग्रेसले लगायो साता जिल्लामा उम्मेदवारको टुंगो, सोलुखुम्बुको लागि बलबहादुर केसी ताप्लेजुङमा केशव दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३१ गते १६:४०

काठमाडौँ, ३१ असोज । नेपाली काँग्रेस संसदीय समितिको आज बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको सो बैठकले आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो ।

सो बैठकले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ  (ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल ९ख० हुनुहुन्छ ।

यसैगरी सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख), एवं मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख), हुनुहुन्छ ।

त्यस्तै हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही ९ख० र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह ९ख० उम्मेदवार छनोट हुनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *