२०८२ पुष १७ गते | 1st of January 2026

अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ९ गते १८:५०

रामजी बगाले
काठमाण्डौँ, कार्तिक ५ ।
नेपाल अमेरिका पर्यटन पत्रकार संघले नेट्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । पत्रकारिता मार्फत नेपालको पर्यटन प्रबद्र्धनमा विशिष्ठ योगदान दिएको एक जना पत्रकारलाई हरेक बर्ष प्रदान गरिने सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

संघले गत हप्ता एक विज्ञप्ति प्रकाशन गर्दै विश्वका कुनै पनि स्थानमा रहि कुनै पनि भाषाको मुलधारको मिडियामा सक्रिय पत्रकारिता गरिरहेका पर्यटनविटका पत्रकारलाइ पुरस्कारको लागी निवेदन दिन आव्हन गरेको थियो । कम्तिमा ५ बर्षदेखि पर्यटन पत्रकारिता गरिरहेका छापा, अनलाइन तथा विद्युतीय संचार माध्यमका पत्रकारले २ बटा आफ्नो प्रकाशित वा प्रशारित समाचार सामग्री सहित अवेदन दिन सकिने छ । “नेट्जाले स्थापना देखि नै नेपाल अमेरिकाविच पर्यटन प्रवर्धनका विविध काम गरिरहेको छ, यसैक्रममा यो पुरस्कार स्थापना गरिएको हो ” नेट्जाका अध्यक्ष संजोग आचार्यले भने ।

संघले एबिसी टेलीभीजनका पत्रकार तथा हफिगंटन पोष्टका लेखक किरण मरहठ्ठाको संयोजकत्वमा तिन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको छ । जसमा नेपाल पत्रकार पत्रकार महासंघका सदस्य तथा नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी र नेपाल व्रिटेन डटकम तथा नागरिक न्यूजका पत्रकार चिरन शर्मा हुनुहुन्छ ।

यसैविच नेपाल पर्यटन बोर्डका न्यूयोर्कस्थित पर्यटनदुत एवं नेपाल अमेरिका पर्यटन पत्रकार संघका बरिष्ठ सल्लाहकार प्रदिप श्रेष्ठले नेट्जा अवार्डले नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएका पत्रकारलाइ थप प्रोत्साहन मिल्ने बताउदै आगामी बर्षदेखि पुरस्कार राशी रु ५० हजार बनाउन आफुले सहयोग गर्ने बताउनु भयो । “यो ज्यादै प्रसंशनिय कदम हो, हामी हातेमालो गर्न तयार छौँ” श्रेष्ठले न्यूयोर्कबाट टेलीफोनमा भने ।
आगामी कार्तिक १४ गते काठमाण्डौँमा एक विशेष समारोहका विच पुरस्कार प्रदान गरिने संघले जनाएको छ । नेट्जाले नेपाल र अमेरिकाको विचमा पत्रकारिता मार्फत पर्यटन प्रबर्धनमा महत्वपुर्ण भूमीका खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *