२०८२ माघ ११ गते | 24th of January 2026

अष्ट्रेलीयामा समीरको ‘वठीनीयाके मन परल’

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते २१:११

अष्ट्रेलीया । अष्ट्रेलीयाबाटै नेपाली गीत संगीतलाई अगाडी बढाइरहेका गायक समीर आचार्यको माघी पर्वको विशेष अवसरमा थारु गीत बठीनीयाके मन परल नही परल मोर स्टाइल यस्नै बडौ बोलको नया गीत बजारमा आएको छ । माघी विशेषत नेपालमा थारु समुदायमा निकै महत्वका साथ मनाइने गरेको छ । अष्ट्रेलीयाबाटै नेपाली गीत संगीतमा ससक्तरुपमा प्रस्तुत भएका समीरले यो पटक नेपालकै ख्यातीप्राप्त डान्स ग्रुप भीमफेदी गाइज संगको सहकार्यमा यो थारु गीत बजारमा ल्याएका हुन । यस गीतमा संगीत आशीष अविरलको रहेको छ भने रचना एक नारायण भण्डारीको रहेको छ । तराई परीबेशमै भीडीयो सुटींग भएको छ चितवन कावासोती नवलपरासीका थारु गाउहरुमा यसको भिडीयो खिचिएको थीयो । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

नेपालको तराइ क्षेत्रमा थारुहरुको विषेशत: वसोवास रहेको छ र थारुहरुको माघ महीना निकै विशेष रहदै आएको छ । अष्ट्लीयाबाटै दुनीया बेग्लै छ तम्लाइ चट्ट सलाम छ देउडा गीत गायका समीरले यस पटक थारु गीत सहीत आफुलाई नया दर्शक श्रोताको माझमा उभ्याएका छन, थारुहरुको बसोबासको स्थान संगै भाषामा पनि विविधता पाइन्छ त्यसकारण यस गीतमा प्रयोग भएको भाषा कञ्चनपुर दांग नवलपरासी र चीतवन को भाषा बाट मीश्रीतरुपमा तयार गरीएको छ । दर्शक श्रोतालाई अवश्य पनि यो नया स्वाद मन पर्नेछ भन्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *