२०८१ वैशाख १५ गते | 27th of April 2024

डालसमा पहिलो गजल उत्सव सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १ गते ०:५४

केशव रेग्मी – टेक्सास ।  गजल यात्रा टेक्सासले अमेरिकामै पहिलो पटक डालसमा गजल उत्सवको आयोजना भव्य रूपमा सम्पन्न भएको छ ।आइतवारको दिन दिउसो २ बजेदेखि अर्भिंग स्थित नेपाली मन्दिरको सभाहलमा आयोजना भएको “गजल उत्सव’ कार्यक्रममा अमेरिकाको टेक्सास राज्यका  विभिन्न शहरहरुमा छरिएर रहेका गजल सर्जकहरुको गजल प्रस्तुति हरु रहेको थियो ।गजल वाचनसंगै गजल गायन तथा गीत ले कार्यक्रम ले निकै रौनकता थपेको थियो ।

अमेरिकामा रहेका साहित्यानुरागीहरु असाध्यै उत्साहित भई गजल यात्रामा सहभागी भएको देखिन्थो। गजल यात्रा टेक्सासका एक अभियान्ता बासु अधिकारी भन्छन् – ” गजल उत्सव अमेरिकामा नेपाली गजलको विकासमा एउटा कोशेढुंगा साबित भएको छ । त्यसकालागि हामी सम्पूर्ण अग्रज एवम् अनुजहरुसंगै हातेमालो गर्दै यात्रालाई अगाडी बढाउदा हामी सफल भएको महसुस गरेका छौ ।

गजल उत्सव डालस हाम्रो पहिलो पाइला थियो हामी आगामी दिनहरुमा अझ बिस्तृत, परिमार्जित अनि व्यापक हुदै जाने छौं  अर्का अभियान्ता नेत्र आचार्यले उत्साहित हुदै अगाडी थपे ।

ग़ज़ल उत्सव मा चर्चित हास्य व्यंग्य कवि शैलेंद्र शिखडा को सहभागिता ले कार्यक्रमॉ रौनकता थपिएको थियो । गजलयात्रा डाल्यस को सकृयता मा भएको कार्यक्रम मा वाल जोशि विदुर दवाडी अमृत लामिछाने राधाकृष्ण काप्ले वासु अधिकारी पवन लामिछाने ईश्वरी कार्की वर्षा यदु अधिकारी प्रदिप गिरी वासु पौडेल सरूँ कली भगवती  पौडेल आनन्द खनाल के आर भारद्वाज सुसन्त कडेल शतिष त्रिपाठी निलहरी आचार्य लगायत ले आफ्नो ग़ज़ल वाचन गर्नु भएको थियो ।

गजल यात्रा कार्यक्रम सर्जक सुमन क़ाज़ीले संचालन गर्नु भएको थियो ।नेपाली मन्दिर टेक्सास अर्विग को हलमा आयोजित ग़ज़ल उत्सव संचालन भै रहदा हल भरी साहित्यिक मन हरू दर्शक सर्जक स्रोता हरू ले खचाखच भरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *