कृष्ण के सी – जनवरी १३, २०१८ शनिबारका दिन लायन्स क्लब डिस्ट्रिक 4-C3 अन्तर्गत “East Bay Mugunghwa Lions Club” को चार्टर प्रिजेण्टेशन संपन्न भएको छ ।
कोरियन अमेरिकन समुदायको बाहुल्यता रहेको East Bay Mugunghwa Lions Club का चार्टर प्रेसिडेन्ट Young J. Bae हुनुहुन्छ। सो क्लबको प्रिजेण्टेशन कार्यक्रममा सेण्टिनियल डिस्ट्रिक गभर्नर राजेन थापाका साथमा लायन्सका अन्य नेतृत्ववर्ग, स्थानिय लायन्स क्लबहरुका प्रतिनिधि लगायत लायन्सहरु समेतको उपस्थित थियो ।
लायन्स क्लब डिस्ट्रिक 4-C3 अन्तर्गत थुप्रै नेपाली समुदायको उपस्तिथ छ। करिब आधा-दर्जन लायन्स क्लब त नेपाली अमेरिकन समुदायको रहेको छ। कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक 4-C3 का गभर्नर राजेन थापाले अब नेपाली र कोरियन समुदायबीच लायन्स मार्फत समन्वय गरेर थुप्रै सामाजिक कामहरु गरिने कुरा पनि बताउनु भयो ।