२०८१ वैशाख २५ गते | 7th of May 2024

एचडिएनपी इन्टरनेशनलको कार्यसमिति गठन, देबी डेबिट आचार्य सर्वसम्मत अध्यक्ष चयन

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २ गते १६:४०

टेक्सास – टेक्सासमा स्थापित सामाजिक संस्था एचडिएनपी इन्टरनेशनलको नवनिर्मित कार्यसमितिको प्रेसिडेन्टमा देबी डेबिट आचार्य चयन हुनुभएको छ । टेक्सासको आर्लिंगटनस्थित कार्यालयमा उपस्थित भेलाले सर्वसम्मत प्रसिडेन्टमा देबी डेबिट आचार्य, सिनियर भाइस प्रेसिडेन्टमा जेरेमिया द्रिगर (Jeremia Triger), भाइस प्रेसिडेन्टमा सुरज पौड्याल, जनरल सेक्रेटरीमा सुनिल पौड्याल र ट्रेजरमा सुदेश कंडेल मनोनित गरेको हो । त्यस्तै भेलाले अफिस म्यानेजरमा सुजि श्रेष्ठ, मिडिया कोअर्डिनेटरमा किशन रेग्मी, आइटी कोअर्डिनेटरमा रेमि पौडेल, युथ कोअर्डिनेटरमा सिरिशा पौडेल, एसेट म्यानेजरमा मिलर ह्वाइट ( Miller White), र फन्डरेजिङ कोअर्डिनेटरमा संगितालाई चयन गरेको छ ।

कार्यसमिति चयनपछि बसेको बोर्ड बैठकले टेक्सासमा फिडिङ्ग कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले आगामी मार्च १० मा टेक्सासको फोर्टवोर्थस्थित युनिटी पार्कमा लगभग ५ सय जना घरवारबिहिनलाई खाना खुवाउने कार्यक्रम निक्र्यौल गरेको एचडिएनपि इन्टरनेशनलका नवनिर्वाचित प्रेसिडेन्ट आचार्यले युएसखवरलाई बताउनुभयो ।

सहयोगी मन र कर्मशिल हातहरुको संयोजन रहेको संस्थामा सबै परोपकारी भएकोले नै काम गर्ने उत्प्रेरणा मिल्ने बताउँदै प्रसिडेन्ट आचार्यले युएसखवरसंग भन्नुभयो –रोग, भोक र असहायसंगै घरवारबिहिनलाई सेवा गर्न पाउँदा स्वर्गिय आनन्द प्राप्त हुन्छ । उहाँले थप्नुभयो –यसकारण जिवनको अन्तसम्म पनि संस्थामार्फत र ब्यक्तिगत तवरबाट सहयोग गरिरहने बचनवद्दता ब्यक्त गर्नुभयो ।
निरन्तर सामाजिक कार्यहरु गर्दै आएको संस्थाले प्रत्येक ३ ÷३ महिनामा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रगतको अभावमा कसैले पनि जिवन गुमाउन नपरोस भन्ने उद्देश्य अनुरुप यो कार्यलाई निरन्तरता दिदै आएको प्रेसिडेन्ट आचार्यले अथ्र्याउनुभयो । एचडिएनपि इन्टरनेशनलले एक ब्यक्ति एक डलर नामक अर्को परोपकारी अभियान पनि संचालन गरेको छ ।

हाल करीब १५ जनाभन्दा बढीले प्रति दिन १ डलर संस्थालाई सहयोग गर्दै आइरहेको ट्रेजर सुदेश कंडेलले जनाए । बैठकले सामाजिक काम गर्नका लागि रकमको जाहो गर्न चाँडै टेक्सासमा एक बिशेष फन्ड रेजिङ कार्यक्रम गर्ने निर्णय गरेको छ । अमेरीकी संस्था एचडिएनपि इन्टरनेशनल अमेरीकासंगै नेपाल, जापान, अष्ट्रेलिया, युगान्डा, अफ्रिका लगायतका मुलुकमा संचालित छन् ।
सामाजिक सेवाभावले स्थापित संस्थाले आफ्ना हरेक गतिविधिलाई समय अनुरुप संचालन गर्दै आइरहेको छ ।

सन २०१२ देखि संचालनरत संस्था एचडिएनपि नेपाल शाखाले भने प्रत्येक महिना पवित्र पाशुपत क्षेत्रमा घरवारबिहिन तथा सन्ताबाट तिरस्कृत भई बृद्धाश्रमका जिवन गुजारा गरिरहेका बृद्धबृद्धालाई बिशेष भोजन र सहयोग प्रदान गर्दै आइरहेको छ । यस बाहेक संस्थाले स्वास्थ्य र बिभिन्न दैवी प्रकोपमा परेका सर्वसाधारणलाई आबश्यक भौतिक तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *