२०८१ वैशाख २२ गते | 4th of May 2024

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरूलाई आर्थिक सहुलियत दिन सुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ७ गते ३:२१

अमेरिका – गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) ले आफ्ना पंजीकृत सदस्यहरूलाई आर्थिक सहुलियत प्रदान गर्नका लागी अमेरिका स्थित ८ वटा स्थानीय व्यापारिक संस्थानहरु सँग सम्झौता गरेको छ । थप १० वटा संस्थासँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।

ती संस्थाहरूमा आर्थिक सहुलियतका लागी एनआरएन अमेरिकाद्धारा हालै वितरण गर्न सुरु गरिएको सदस्यता परिचयपत्र भने आवश्यक छ ।

पहिलो चरणमा सम्झौता गर्ने व्यापारिक संस्थानहरुमा सिकागोका सिकागो कर हाउस, नेपाल हाउस रेस्टुरेन्ट, मुम्बई इन्डिएन ग्रिल र बिएम ट्याक्स एकाउन्टीङ सर्भिसले परिचयपत्र बाहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने छन् । एनआरएन अमेरिकाको परिचयपत्र वितरण समितिका संयोजक गोपेन्द्र भट्टराईका अनुसार इलिनोय राज्यका इभानस्टोन शहरस्थित माउण्ट एभरेष्ट रेस्टुरेन्ट, रेडहर चिली पेपरले २० प्रतिशत, सिकागोकै जेजे ट्याक्स एण्ड एकाउटिङले १५ प्रतिशत सहुलियत दिने भएको संयोजक भट्टराईले बताउनुभयो । यसै गरी टेक्सस राज्यको ह्युस्टन शहरस्थित कम्फोर्ट साइटले समेत सहुलियत पत्रमा हस्ताक्षर गर्दै १० प्रतिशत सहुलियत दिने भएको छ ।

बिना परिचयपत्र सहुलियत नपाउने हुनाले अमेरिकामा रहेका सम्पूर्ण पंजिकृत सदस्यहरूलाई यथासक्य चाँडो एनआरएनएको वेबपेज ( https://us.nrna.org/index/ctl/SendPassword ) मा आफ्नो पासवर्ड परिवर्तन गर्नुका साथै आफ्नो तस्बिर अपलोड गरेर परिचयपत्र लिनका लागी एनआरएनए परिचयपत्र समितिका संयोजक गोपेन्द्र भट्टराईले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *