२०८१ वैशाख २४ गते | 6th of May 2024

रुपान्तरणको अबको श्रृंखलामा कानुनविद बिनोद रोका

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १४ गते १९:५१

मंगलवार साँढे ७ बजे लाइभ

युएसखवर डट कमको समाज र समुदाय केन्द्रित विशुद्ध सामाजिक अन्र्तक्रियात्मक कार्यक्रम रुपान्तरणको दोश्रो सृंखलामा पुराना, अनुभवी र दक्षिण एशियाली समुदायमाझ परिचित कानूनी अगुवा बिनोद रोकासंग अन्र्तक्रिया हुँदैछ । अमेरीकाको न्युयोर्क समय अनुसार मंगलवार साँझ ७ ः३० बजे कार्यक्रम रुपान्तरणमा पत्रकार अकुर लुइटेलले अगुवा रोकासंग अन्र्तक्रिया गर्नुहुनेछ । सामाजिक कार्यक्रम रुपान्तरण युएसखवरको आधिकारिक फेसबुकमार्फत बिश्वभर एकसाथ प्रत्यक्ष (लाइभ) प्रशारण हुनेछ ।

रुपान्तरणका अतिथि बिनोद रोकाले सन २००३ देखि न्युयोर्कमा वकालत शुरु गर्नुभएको हो । उहाँ अमेरीकन वार एशोसिएसन लगायत इण्डो अमेरीकन लयर्स एशोसिएसन, न्युयोर्क स्टेट वार एशोसिएसन, नेपाल वार एशोसिएसन एण्ड नेपाल ल सोसाइटी र अमेरीकन इमिग्रेसन लयर्स एशोसिएसनको क्रियाशिल सदस्य हुनुहुन्छ । लगभग १५ बर्षको कानूनी पेशा र पेशासंग जोडिएको समुदायलाई उहाँले दिनुभएको योगदानबारे कार्यक्रम रुपान्तरणमा चर्चा गरिनेछ ।

न्यूयोर्क लगायत अन्य राज्यबाट प्रकाशित नेपाली समुदायमा आधारित मुलधारका पत्र पत्रिका तथा म्यागेजिनहरुमा रोकाका कानून, समाज र समुदायिक लेखहरु निरन्तर प्रकाशन भइरहेका छन् । त्यसो त रोकाले नेपाल वार एशोसिएसनको एक्जुकेटिभ सदस्य रहेकै बेला उहाँकै सम्पादनमा न्याय दुत म्यागेजिन प्रकाशित गरेर न्याय क्षेत्रका गतिविधि आम सेवाग्राहीसमक्ष प्रवाह गरेर न्याय क्षेत्रका नौलो आयाम थप्नुभएको थियो । कानूनी ज्ञाता रोका सम्भवतः कानून र समाजका सवालमा नेपाली समुदायमा धेरै लेख तथा बिचारहरु प्रकाशन गर्ने ब्यक्तित्व हुनुहुन्छ ।
उहाँले साउथ एसिएन समुदायमा दिएको योगदान बिशिष्ट छ । मानव अधिकारका क्षेत्र होस् वा लिडिंग प्रोफेसनलका रुपमा होस् रोका सधै अब्बल छन यसकारण निरन्तर योगदान दिए वापत विलियम थोमस जुनियर कम्पटोलर सिटी अफ न्युयोर्कले उहाँलाई सम्मान गरेको छ ।

समाज र यहि समाजभित्रका हामी हामीबीचको सम्वन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य अनुरुप युएसखवर डट कमको यर्थातपरक सामाजिक कार्यक्रम रुपान्तरण यहि जनवरी २३ मंगलवारबाट शुरु भएको हो । पहिलो सृंखलामा न्युयोर्कका सामाजिक व्यक्तित्व, अग्रणी एवं क्विन्स कम्युनिटी बोर्ड सदस्य मोहन ज्ञवालीसंग अन्र्तक्रिया भइसकेको छ । सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक दर्शक, श्रोता तथा देश विदेशमा रहनुभएका महानुभावले चासो र उत्सुकतापूर्वक हेरेर प्रश्न, जिज्ञासासहित रचनात्मक प्रतिक्रिया सम्प्रेषण गर्नुले कार्यक्रम रुपान्तरण समाज र समुदायप्रति अत्यन्त जिम्मेवार रहेको आभाष युएसखवर टिमले गरेको छ ।
दर्शकबृन्द, कार्यक्रम रुपान्तरण समाज र समुदाय श्रीबृद्धिका लागि थालिएको एउटा सानो तर महान अभियान हो । समाज र समुदायको परिवर्तनको आधार कार्यक्रम रुपान्तरणलाई युएसखवरले अमेरीकाका अन्य राज्यमा रहेका नेपाली समुदायसम्म पुर्याउने उद्देश्य लिएको छ ।

विभिन्न खाले कार्यक्रम भइरहने हाम्रै नेपाली समाजमा समाज, समुदाय र हाम्रै समुदायको जिवनस्तरलाई केही हदसम्म परिस्कृत र उकास्न सकिन्छ कि भनेर सकारात्मक ढंगले थालिएको सानो प्रयासलाई बौद्धिक, शिक्षित, प्रतिष्ठित अनि हरेक तह र तप्काका ब्यक्ति बिशेषले मन मन पराएको पाउनुले हामीमा अझ जिम्मेवारी थपिएको महशुस गरेका छौं ।

रुपान्तर यहाँहरुको आफ्नै कार्यक्रम हो, यसर्थ अमेरीकाभर छरिएर रहेका नेपाली समुदायका सरल, अग्रज र समुदायमा भिजेका ब्यक्तिसंग जिवन उत्सर्गका पाटादेखि प्रोफेसन, समाज र समुदायमा आधारित उपलब्धीमुलक अन्र्तक्रिया यहाँहरुसमक्ष प्रस्तुत गर्दै सकारात्मक सोचको बृद्धि गर्नु नै रुपान्तरणको प्रमुख उद्देश्य हो । योसंगै रुपान्तरण टिमले समाजका विविध पाटालाई समेटेर अन्य केही कार्यक्रम तथा प्रोजेक्टहरु समेत ल्याउने अभियानमा जुटेको छ । सामाजिक कार्यक्रम रुपान्तरण हरेक मंगलवार लाइभ प्रशारण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *