अकुर लुईंटेल / न्युयोर्क – चिनियाँ नयाँ बर्ष (लुनार इयर अफ दि डग)को अवसर पारेर नेपाली अगुवा तथा समुदाय सम्मिलित रोटरी क्लव अफ न्युयोर्क क्विन्सले आफ्नो मौलिक पहिचान र परम्परागत संस्कृतिलाई बिश्वमाझ प्रदर्शन गरेको छ। अमेरीकामा ठुलो संख्यामा रहेका चिनियाँहरुले फेब्रुअरी १७ शनिबार न्युयोर्क क्विन्सस्थित Saint George’s Church (Flushing) 135-32 38th Avenue, Flushing NY 11354 मा बिहान ९ः३० बजेदेखि १२ः३० बजेसम्म धुमधामका साथ परेडसहित नयाँ बर्ष मनाएका छन् ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/28308258_10156100953342298_1922742759_n.jpg?oh=1d5949235f5738ed260387966409d49f&oe=5A8B6B34)
चिनियाँहरुको नयाँ बर्ष ‘लुनार इयर अफ दि डग’को बिशेष परेडमा नेपाल लगायत अन्य एशियन, अफ्रिकन तथा अमेरीकी मुलुकहरुको समेत सहभागिता रहेको थियो। आयोजक राष्ट्र चिनको आमन्त्रणलाई अवसरको रुपमा लिएर समस्त नेपालीहरुको प्रतिनिधित्व गर्दै यसपटक सामाजिक संस्था रोटरी क्लव अफ न्युयोर्क क्विन्सले बिशेष तयारी गरी परेडमा सहभागिता जनाएको हो । क्लबका सचिव नवराज केसीका अनुसार ‘ लुनार इयर अफ दि डग’ मा नेपालको मौलिक संस्कृति, भेषभुषा तथा परम्परालाई परेड्मा प्रदर्शन गरिएको थियो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/28117377_10156100953352298_1057027199_n.jpg?oh=206d943421ebcbdcd580f9fb77919618&oe=5A8C34CE)
नेपालको गौरवशाली चन्द्र सुर्य अंकित झण्डा, राष्ट्रिय पोशाक, परम्परागत झाँकी र मौलिकताका विविध पक्षलाई बिश्व समुदायमाझ झल्काएर नेपालको उपस्थितीलाई गर्विलो बनाएको सचिब के.सी. ले बताउनुभयो । चिनियाँ नयाँ बर्ष ‘लुनार इयर अफ दि डग’को बिशाल समारोहमा नेपालको प्रतिनिधित्व रोटरी क्लव अफ न्युयोर्क क्विन्सका अध्यक्ष डा. तारा निरौलाले गर्नु भएको थियो भने परेड्मा क्लब लगायत बिभिन्न समुदायका उल्लेख्य उपस्थिती रहेको थियो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/28117268_10156100953372298_608482403_n.jpg?oh=1e06a36498e099e0438074212e471689&oe=5A8C9CB2)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/28232850_10156100953377298_283613440_n.jpg?oh=385f33aa3592c0918803bf2024f0acdb&oe=5A8C70D1)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/28175780_10156100953382298_2014496730_n.jpg?oh=74d1e8b0254e4009b04d4e82b8f4e264&oe=5A8C663C)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/28190704_10156100953442298_1435810021_n.jpg?oh=50dbbea275df5a8b27490e628fc4056d&oe=5A8C7F01)