कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ११ गते । रोजगारीको शिलसिलामा अष्ट्रेलिया पुगेको गोरर्खालीहरुको साझा संस्थाले सामाजिक सहयोगको लागि श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरेको छ ।
अष्ट्रेलियामा रहेको गोरर्खालीहरुको साझा संस्था गोरखा समाज अष्ट्रेलीयाको आयोजनामा महायज्ञ हुन लागेको हो । आगामी जुलाई २३ र २४ अर्थात ०७३ साल असार ९ र १० गते सिड्नीको क्रोडन पार्क स्थित कोरियन हलमा कार्यक्रम आयोजना गर्न लागीएको आयोजक संस्थाका सदस्य शिव बञ्जाराले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल तथा बिदेशमा समेत ख्याती कमाएका बाचन प्रबिण श्री दिनबन्धु पोखरेलको मुखराबृन्द बाट प्रबचन हुने छ । दुई दिन सम्म चल्ने महायज्ञमा सबै नेपालीहरुलाइ सहभागी भै सहयोग गरीदिनु हुन समेत समाजले आग्रह गरेको छ ।
कार्यक्रमबाट सङ्कल हुने रकम मध्ये १० प्रतिशत रकम अष्ट्रेलियामा रहेका विद्यार्थीहरूको सहयोगार्थ ‘विद्यार्थी सहायता कोष’ खडा गरिने भने बाँकी रकम ‘सडक मानवमुक्त नेपाल’को पवित्र अभिष्टा राखेर हेटौडा, चितवन, काठमाण्डौ लगाएत देशका बिभिन्न भागमा सञ्चालित ‘मानव सेवा आश्रम’को सहयोगमा खर्च गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
समाजले श्रद्धालु भक्तजन हरू को सुविधाका लागि Campsie, Rockdale र Ashfield स्थानबाट घुम्तीबस सेवा समेत सञ्चालन गरिको आयोजक संस्थाका सदस्य बञ्जाराले जनाएको छ । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ०४४९ ९४९ २३२ (प्रकाश), ०४६८ ७८३ ३५० (ध्रुव) वा ०४५२ ५०० ३५६ (इश्वर) लाई सम्पर्क गर्न सकीने आयोजक संस्थाले भनेको छ ।

SHARE