२०८१ वैशाख १५ गते | 27th of April 2024

लस एन्जलस गुरुङ सोसाईटीद्दारा नयाँ वर्षमा तमु ल्होसार सांस्कृतिक कार्यक्रमको आयोजना

खुल्लामन्च
 प्रकाशित: २०८० मंसिर २७ गते १:३२

लस एन्जलस – लस एन्जलस गुरुङ्ग सोसाईटीले चर्चित कलाकारहरुको उपस्थितिमा ‘तमु ल्होसार – २०२३, सांस्कृतिक सांझ’को आयोजना गर्दैछ । यसै डिसेम्बर महिनाको ३१ तारिखका दिन नेपाली टेलिभिजन ईतिहासमा चर्चित कार्यक्रम ईन्द्रेणीका प्रमुख कृष्ण कंडेलको उपस्थितिमा भब्य सांस्कृतिक कार्यक्रमको तयारी सकिएको गुरुङ्ग समाज, लस एन्जलसले जनाएको छ ।

३१ तारिख आईतवार सांझ ६:०० बजेदेखी १२:०० बजेसम्म आयोजना हुने सांस्कृतिक कार्यक्रममा भ्वाईस अफ नेपालका विजेता किरण गजमेर, लोकगायक कृष्ण देवकोटा, कलाकारहरु खेम गुरुङ्ग, रन्जिता गुरुङ्ग र अन्यले आ-आफ्नो प्रस्तुती दिनेछन ।

स्थानिय स्वाद अफ ईन्डिया रेस्टुरेन्ट, अप्ल्यान्ड नगरमा हुने कार्यक्रममा उपस्थित भई मनोरन्जन लिन गुरुङ्ग समुदायले आग्रह गरेको छ । कार्यक्रमको शुल्क ५० डलर राखिएको छ । १० वर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश नि:शुल्क गरिएको आयोजकअले जनाएको छ ।

टिकटका लागि सम्पर्क :
ज्ञानेन्द्र गुरुङ्ग : 818-285-9793
जोसेफ घले : 323-331-8661
कृष्ण गुरुङ्ग : 626-644-0077
रोशन अधिकारी : 562-387-6970
अर्जुन पौडेल : 626-321-1469
चिरन्जिबी गौतम : 818-744-3631
सन्तोष गुरुङ्ग : 951-396-5921