२०८२ असोज २६ गते | 12th of October 2025

प्रियंका चोपडाको इन्गेजमेन्ट ‍‍औंठीको मोल २ करोड

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३१ गते १०:२२

मुम्बई – लण्डनमा बलिउड अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग इन्गेजमेन्ट गरिन्। यता नेपाली अभिनेत्री प्रियांका कार्कीले पनि कलाकार आयुषमान देशराज जोशीसँग दुई पटक इन्गेजमेन्ट गरिन्। अभिनेत्रीद्वयले आफु भन्दा कम उमेरका गायक निक र कलाकार आयुषमानसँग इन्गेजमेन्ट गरेका कुरा निकै समय चर्चाको विषय बन्यो।

हालै सम्पन्न एक कार्यक्रममा प्रियांकाले आयुषमानसँग चाँडै नै विवाह गर्ने निर्णय सुनाइन्। उता प्रियंका पनि निकसँग विवाह गर्ने तयारीमा रहेको भारतीय मिडियामा उल्लेख छन्। बिहेको चर्चा चलिरहँदा अभिनेत्रीद्वयले लगाएको इन्गेजमेन्ट औंठीका चर्चा सुरु भएको छ।

२५ वर्षिय निकसँग इन्गेजमेन्ट गरेकी प्रियंकाले करिव २ करोड माथिको इन्गेजमेन्ट औंठी लगाएकी छिन्। प्रियंकाको ‌औंठीलाई २ लाख डलर लाग्ने डब्लु पी डाइमण्ड कम्पनीका अध्यक्ष एन्ड्र्युले भारतीय मिडियालाई जनाएका छन्। महंगो पारिश्रमिक लिने अभिनेत्रीले निकबाट २ करोड माथिको इन्गेजमेन्ट औंठी प्राप्त गरेकी हुन्। प्रियांका कार्कीले लगाएको औंठीको मुल्य भने अझै सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *