२०८३ असार ५ गते | 19th of June 2026

महापुराणको रौनकतामा कलाकारहरूको अतुलनीय योगदान

खुल्लामन्च
 प्रकाशित: २०८३ असार ५ गते १६:२३

लस एन्जलस। श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई भक्ति, संगीत र संस्कृतिको अनुपम संगम बनेको छ। भागवत मञ्जरी पूज्य राधिका दासीज्यूको मधुर वाचनसँगै कलाकारहरूको समर्पित सहभागिताले महायज्ञलाई अझ जीवन्त, भावपूर्ण र आध्यात्मिक बनाएको छ।

भजन टोली :

  • कृष्ण देवकोटा
  • निरन संगीत
  • धर्मराज भट्ट
  • नन्दलाल गौतम
  • डा. कमल ढकाल
  • बलराम बस्तोला
  • विष्णु त्रिपाठी
  • चिरञ्जीवी गौतम
  • प्रकाश पाण्डे
  • बद्री भण्डारी
  • मिलन न्यौपाने
  • सुष्मा डोटेल
  • सुशीला पाण्डे
  • भवानी पाण्डे
  • रूपा आचार्य
  • प्रतिमा काफ्ले

लीला नाटक टोली : 

  • इन्दिरा त्रिपाठी
  • बिनिता न्यौपाने
  • मोबिता न्यौपाने
  • सुशीला धुङ्गेल
  • सैना भण्डारी

May be an image of flute, dais, temple and text that says 'KORG KORGEK-50 EK-50'

महायज्ञको प्रत्येक सत्रमा कलाकारहरूले आफ्नो संगीत, भजन, कीर्तन तथा मधुर स्वरमार्फत राधिका दासीज्यूलाई साथ दिँदै भक्तिमय वातावरण सिर्जना गरिरहेका छन्। भागवतका प्रसंगहरू प्रस्तुत भइरहँदा संगीतको सुन्दर संयोजनले श्रद्धालुहरूलाई भावविभोर बनाउने गरेको छ।May be an image of one or more people and flute

विशेषगरी हार्मोनियम, तबला, मादल, ढोलक, झ्याली लगायतका विभिन्न वाद्ययन्त्रको सुमधुर धुनले महायज्ञ स्थललाई दिव्य अनुभूतिले भरिएको छ। पञ्चेबाजाको आकर्षक प्रस्तुतीले शुरु भएको महापुराण नेपाली मौलिक संस्कृतिको झल्को दिँदै कार्यक्रमको गरिमा अझ बढाएको छ। कलाकारहरूको लय, ताल र समर्पणले महापुराणलाई केवल श्रवणको विषय नभई अनुभूतिको उत्सव बनाएको सहभागीहरूको भनाइ छ।May be an image of flute, violin and temple

भागवत कथा वाचनका क्रममा प्रस्तुत हुने भजन तथा संकीर्तनले भक्तजनहरूलाई आध्यात्मिक रूपमा जोड्ने काम गरिरहेको छ। कलाकारहरूको अथक मेहनत र समर्पणले महायज्ञमा उपस्थित श्रद्धालुहरूलाई भक्ति, आनन्द र आध्यात्मिक शान्तिको अनुभूति दिलाइरहेको छ।May be an image of flute, violin and temple

महायज्ञका आयोजकहरूले पनि कलाकारहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरू बिना यस्तो भव्य र संगीतमय वातावरण सम्भव नहुने बताएका छन्। कथा वाचन, भजन, कीर्तन, वाद्यवादन तथा पञ्चेबाजाको सुमधुर प्रस्तुतीले महायज्ञलाई थप रोचक, प्रभावकारी र स्मरणीय बनाएको छ।

नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माणको पवित्र उद्देश्यसहित सञ्चालन भइरहेको यस महायज्ञमा कलाकारहरूको योगदानले धार्मिक कार्यक्रमलाई सांस्कृतिक उत्सवको स्वरूप दिएको छ। भक्तजनहरूका अनुसार कलाकारहरूको स्वर, संगीत र समर्पणले महायज्ञको आध्यात्मिक उचाइलाई अझ विशेष बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *