२०८१ वैशाख १६ गते | 28th of April 2024

निर्मलाका बलत्कारी र हत्यारालाई संरक्षण किन – नेबिसंघ

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १ गते ११:३२

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ । सोमबार दिउँसो १ बजे निर्मलालाई न्यायको निम्ति भन्दै विरोध प्रदर्शन गरेको हो । जुलुस विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सड्कसम्म बिरोध जुलुस निस्किएको थियो ।

संघको केन्द्रीय समितिको आयोजना र नेविसंघ अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागिहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । Image may contain: 5 people, people smiling, people standing and outdoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *