मुम्बई – चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मा एक पटक फेरि सानो पर्दामा फर्किने तयारी गर्दै छन् । उनको सुपर कमेडी शो “कपिल शर्मा शो” चाँडै फेरि सुरु हुँदैछ । यस सन्दर्भमा, उनले ट्विट गर्दै आफु फेरि पनि सोनी टेलिभिजनमा फर्कन लागेको आफ्ना प्रशंसकहरुलाई जानकारी दिए।
यस वर्ष मार्च देखि कपिल गायब भएको थिए । उनको शो “फेमली टाईम विथ कपिल” बीचमा बन्द भएको थियो। यो उल्लेखनीय छ कि कपिल एक डिप्रेशन जस्तो गम्भिर बिमारीसँग जुधिरहेका छन र उपचार गरिहरहेका छन । कपिलको तौल पनि बढेको छ र उनी सोशल मिडियामा धेरै सक्रिय छैनन्।