२०८२ माघ ११ गते | 24th of January 2026

द व्हाइट जोनको ‘दशैं धमाका’, सान-फ्रान्सिस्कोमा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २४ गते २१:३९

सागर श्रेष्ठ/सान-फ्रान्सिस्को – द ह्वाइट जोन भन्ने बितिक्कै युवाहरुको सामाजिक संस्था, अलिकति फरक र पृथक काम गर्ने संस्था भनेर बुझिन्छ। यो पटक पनि द ह्वाइट जोनले पज्चेबाजाको नयाँ स्वाद सान फ्रान्सिस्को बे एरियामा पहिलो पटक दिने भएको छ।मौलिक सांस्कृतिक धुनसँगै धार्मिक तथा सामाजिक महोत्सव दशैलाई ह्वाइटजोनले बर्कलीको मरिनामा भित्र्याउने गृहकार्य गरिरहेको छ ।

कार्यक्रम संयोगक G D Poudel ले जानकारी गराए अनुसार क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा स्थापति द ह्वाइट जोनले बिगत ८ वर्ष देखि दशैँ फन र धमाका गर्दै आएको छ। यो बर्ष पनि द ह्वाइट जोनले दशैँ धमाका-९ औं कार्यक्रम अक्टुवर १३, २०१८, शनिबारका दिन आयोजना गरेको छ।

पार्किगंको कुनै समस्या नहुने, समुन्द्रको छेउमै रमाइलो पनि हुने बर्कली मारिनामा यो पटक पनि मिठो परिकार पस्कने भएको छ।बिहान ११ बजे देखि सुरु हुने दशैँ धमाकामा कलश ब्याण्ड को गायन प्रश्तुति, विभिन्न आकर्षक नृत्य, नानीहरुको लागि छुट्टै खेलहरु, लगायत थुप्रै मनोरंजनका इभेन्ट हुनेछन। द ह्वाइट जोनले सान फ्रान्सिस्को बे एरियाका सबै नेपालीहरुलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *