२०८२ असोज २५ गते | 11th of October 2025

साहित्यकार रमेश विकलको ९१अौं जन्मजयन्ती मनाईयो

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २२ गते २३:०४

काठमान्डौं – यशस्वी अाख्यानकार, कलाकार तथा संगीत मर्मज्ञ रमेश विकलको ९१ अौ जन्मजयन्तीका अवसरमा अाज विहान रमेश विकल चोक अारुबारी स्थित शालिकमा माल्यार्पण तथा अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थनपना गरिएको विकल बाल साहित्य पुरस्कार अर्पण गरि मनाइयो ।

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगर पालिकाका प्रमुख सन्तोष चालिसे, प्रतिष्ठानका उपाध्यक्षद्वय के० के०कर्माचार्य र हेमनाथ पौडेल, सदस्यद्वय मातृका पोखरेल तथा रामप्रसाद पौडेल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेवेदमणि , साहित्यकार मेनका पोखरेल लगायत विभन्न वक्ताले विकलद्दारा विवध क्षेत्रमा भएका बहुमुखी योगदानबारे चर्चा गरियो । सोही कार्यक्रममा कवि त्रिलोचन अाचार्य, अोमप्रसाद कोइराला , डिल्लीप्रसाद मुलतिहुनले विकलको स्मृतिमा कविता वाचन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *