२०८३ भदौ ५ गते | 21st of August 2026

गजल

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २ गते १२:०४

– ईम राना मगर *उजाड *

निर्दोष पशु धर्मको नाउँमा काटमार हुन्छ।
फूस्स पारे पनि विपक्षीलाई समचार हुन्छ।

छोरीचेली निर्धक्क भएर हिंड्न् सक्दैनन,
कानून फितलो हुनाले नै बलात्कार हुन्छ।

अपराधीलाई फासीको सजाय नभएसम्म,
किटानी साथ यस्ता घटना बारम्बार हुन्छ।

हिजो चप्पल लगाई साईकल गुडाउनेहरु,
अरे सर्बहारा नेताको सम्पतीअपार हुन्छ।

लेख्यो *उजाड*ले रामकहानी तीतोसत्य,
घर ठडिन बलियो जगको आधार हुन्छ।

– गोरखा। (18/11/2018)
हाल – प्रबासबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *