मनका मोटा उत्तम कार्कीको गीत ‘पातली-पातली’ सार्वजानिक
खुल्लामन्च
प्रकाशित: २०७५ पुष १९ गते १७:३९
सान्-फ्रान्सिस्को – सामाजिक अभियान्ता तथा एनआरएन अमेरिकाका सल्लाहकार उतम कार्कीले आफ्नो गीत ‘पातली-पातली’ सार्वजानिक गरेका छन । मनका मोटा कार्कीको आफ्नै शब्द तथा संगितमा सजिएको ‘पातली -पातली’ पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन ।
जीवनसंगिनी लक्ष्मी केसीको प्रेमाभावमा आधारित तथा मन्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको सिर्जनामा सहयोग गर्नुहुने उत्तम केसी, लक्ष्मी केसी, रमेश अधिकारी र नेपाली जनसम्पर्क समिती, नर्दर्न क्यालिफोर्निया च्याप्टरलाई कार्कीले धन्यवाद दिएका छन ।