लस एन्जलस – लस एन्जलसको पुरानो साम्मुदायिक संस्था नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जलसमा सम्पन्न भएको छ । नेपाली समुदायको स्थानिय गौरव र साझा स्थान श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको सामुदायिक हलमा समाजको साधारण सभा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्थाको बरिष्ठ उपाध्यक्ष बासुदेव घिमिरेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संस्थाले गरेका कार्यहरुको बारेमा महासचिव डोल्मा लामाले जानकारी गरेकी थिइन् । बर्तमान कार्यसमितिको वार्षिक आर्थिक विवरण समाजका कोषाध्यक्ष दिनेश शाहले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महाबाणिज्यदुत ऋषि ढकाल एवम आर्टेसिया सिटि प्लानिङ कमिस्नर भक्त थापाले शुभकामना मनत्ब्य दिएका थिए । महावाणिज्यदुत ढकाल र कमिस्नर थापाले यती पुरानो इज्जतिलो संस्था स्वस्फूर्त रुपमा चल्न सक्ने गराउनेतर्फ सबैले ध्यान दिन अनुरोध गरेका थिए ।
संस्थापक अध्यक्ष शान्तिराम ढकालले यस क्षेत्रमा सामुदायिक भवनको जरुरत भएको हुँदा सो तर्फ सोच्न आग्रह गरे । ढकालले संस्थागत ब्यबस्थापन, आगामी कार्ययोजना र सामाजिक दायित्व बारे सोच्नु पर्ने भनि सकारात्मक सुझाव दिएका थिए ।
नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटीले एक बर्ष लगाएर घाटामा रहेको संस्था नाफामा लगेको र आगामी दिनमा केही नयाँ कार्य गर्ने जोश र जाँगर समितिलाई पलाएको बताए । अध्यक्ष शिवाकोटीले स्थानिय रुपमा नेपाली नयाँ बर्ष, सामुदायिक बनभोज लगायतका केही सामाजिक कार्यक्रम गर्नतर्फ संस्था अघी बढेको जानकारी दिएका थिए ।
साधारण सभामा संस्थाका पुर्वअध्यक्षहरु, बिभिन्न संस्थाहरुमा लस एन्जलसबाट प्रतिनिधित्व गर्ने अभियान्ताहरु, संस्थाका आजीवन सदस्यहरु र सामुदायिक सदस्यहरुको उपस्थिति रहेको थियो ।