२०८२ जेठ ७ गते | 20th of May 2025

नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १५ गते १८:०१

लस एन्जलस – लस एन्जलसको पुरानो साम्मुदायिक संस्था नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जलसमा सम्पन्न भएको छ । नेपाली समुदायको स्थानिय गौरव र साझा स्थान श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको सामुदायिक हलमा समाजको साधारण सभा कार्यक्रमको आयोजना गरिएको थियो ।No photo description available.

कार्यक्रममा संस्थाको बरिष्ठ उपाध्यक्ष बासुदेव घिमिरेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संस्थाले गरेका कार्यहरुको बारेमा महासचिव डोल्मा लामाले जानकारी गरेकी थिइन् । बर्तमान कार्यसमितिको वार्षिक आर्थिक विवरण समाजका कोषाध्यक्ष दिनेश शाहले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महाबाणिज्यदुत ऋषि ढकाल एवम आर्टेसिया सिटि प्लानिङ कमिस्नर भक्त थापाले शुभकामना मनत्ब्य दिएका थिए । महावाणिज्यदुत ढकाल र कमिस्नर थापाले यती पुरानो इज्जतिलो संस्था स्वस्फूर्त रुपमा चल्न सक्ने गराउनेतर्फ सबैले ध्यान दिन अनुरोध गरेका थिए ।

संस्थापक अध्यक्ष शान्तिराम ढकालले यस क्षेत्रमा सामुदायिक भवनको जरुरत भएको हुँदा सो तर्फ सोच्न आग्रह गरे । ढकालले संस्थागत ब्यबस्थापन, आगामी कार्ययोजना र सामाजिक दायित्व बारे सोच्नु पर्ने भनि सकारात्मक सुझाव दिएका थिए ।Image may contain: text

नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटीले एक बर्ष लगाएर घाटामा रहेको संस्था नाफामा लगेको र आगामी दिनमा केही नयाँ कार्य गर्ने जोश र जाँगर समितिलाई पलाएको बताए । अध्यक्ष शिवाकोटीले स्थानिय रुपमा नेपाली नयाँ बर्ष, सामुदायिक बनभोज लगायतका केही सामाजिक कार्यक्रम गर्नतर्फ संस्था अघी बढेको जानकारी दिएका थिए ।

साधारण सभामा संस्थाका पुर्वअध्यक्षहरु, बिभिन्न संस्थाहरुमा लस एन्जलसबाट प्रतिनिधित्व गर्ने अभियान्ताहरु, संस्थाका आजीवन सदस्यहरु र सामुदायिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *