२०८१ वैशाख १६ गते | 28th of April 2024

नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ३० गते १३:५२

काठमाडौँ  – नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो । देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताए ।

लकडाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफुहरुले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहित र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे ।मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरकलगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भए पनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ । मंगलबार औषधि व्यवस्था विभाग अगाडी संघले धर्ना दिएको छ । आफ्ना मागहरु पुरा नभएर आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *