२०८२ असोज ३ गते | 19th of September 2025

बाढीले त्रिशुली कोरिडोरमा रहेका र निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २४ गते १५:०२

काठमाडौं – रसुवामा आएको बाढीले त्रिशुली कोरिडोरमा रहेका र निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ । ती आयोजनामा बाढीले असर गर्दा विद्युत उत्पादन समेत प्रभावित भएको छ ।  नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको दुई सय मेगावाट विद्युत उत्पादन बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् भने विदेशी लगानीमा निर्माण भइरहेको त्रिशुली १ जलविद्युत आयोजनामा समेत सामान्य क्षति भएको छ ।

प्राधिकरणका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाउनुका साथै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत समेत बन्द भएको छ । आयोजनाको गेग्रान थुप्रिए पनि पावरहाउसमा भने क्षति नभएको शाक्यको भनाई छ ।  त्यस्तै, साठ मेगावाट क्षमताको त्रिशूली -३ ए आयोजनाको भवनमा बाढी पसेको छ भने त्रिशूली -३ बी सबस्टेसनलाई हिलोले छोपेकोले विद्युत उत्पादन बन्द भएको छ ।चिलिमे जलविद्युत आयोजनाको पावरहाउसमा पानी छिरे पनि क्षति भने नपुगेको प्राधिकरणको भनाई छ । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *