२०८२ असोज ३ गते | 19th of September 2025

बल्लतल्ल आयो काठमाडौं महानगरको वजेट

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २९ गते १४:४८

काठमाडौ – काठमाडौँ महानगरपालिकाले  लामाे प्रयास पछि झण्डै  २६ अर्बको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभामा २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी हुन्। चालु आवका लागि काठमाडौँ महानगरले २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट ल्याएको थियो। महानगरपालिकाले गत वर्षभन्दा केही बढी रकमको मात्र बजेट ल्याएको हो। स्थानीय सरकारले असार १० गते नै बजेट पेस गर्नुपर्ने भए पनि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका कारण बजेट असार २९ मात्र ल्याइएको हो।

डंगोलले नगरसभामा भनिन्, ‘महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्तितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गर्दछु।’ अगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ। जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट सःसर्त, समानीकरण, राजस्ट बाँडफाँडबाट प्राप्त हुने अनुदान चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाको स्रोत सुनिश्चित भएको छ।

क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासमा कुल बजेटको तीन प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको वजेट वक्तव्यमा उल्लेख छ।त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात् पाँच अर्ब दुई करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् तीन अर्ब एक करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ। कार्यालय सञ्चलन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् तीन अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको डंगोलले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *