२०८२ असोज २५ गते | 11th of October 2025

पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १९ गते ३:४१

एजेन्सी –   पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ।

सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न सक्ने र यसबाट लामो समय कमजोर देखिएको विदेशी मुद्राको सञ्चिति हुने सरकारी अधिकारीले विश्वास लिएका बताइएको छ।प्रधानमन्त्री इमरान खानको सरकार कमजोर अर्थतन्त्र, वित्तीय घाटा र मुद्रास्फीतिले ग्रस्त आर्थिक अवस्थालाई प्रोत्साहन गर्न संघर्ष गरिरहेको अवस्थामा यो योजना चर्चामा आएको हो।’यो भाङ बजारले पाकिस्तानलाई आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरआम्दानी दिनसक्नेछ त्यसैले हामी यस उद्देश्यका लागि पूर्ण योजना बनाउने प्रक्रियामा छौं,’ विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले बुधबार पत्रकारहरूसँगको कुराकानीमा बताए।क्यानाबिडियोल (सीबीडी) युक्त भाङ एक प्रकारको जडिबुटीजन्य खेती हो जसमा धेरै प्रकारको औषधी बनाउने गुण हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *