२०८२ असार ३० गते | 14th of July 2025

दुई साताको अवधिमा जापानमा ९०० भन्दा धेरै भूकम्प

खुल्लामन्च
 प्रकाशित: २०८२ असार १९ गते १५:४७

जापान  – बितेको दुई साताको अवधिमा दक्षिणी जापानमा पातलो बस्ती भएको टापुहरूको समूहमा ९०० भन्दा धेरै भूकम्प आएपछि मानिसहरू अत्तालिएका छन्।

जुन २१ तारिखदेखि टोकारा टापुहरू वरपरको समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको अधिकारीहरूले बताएका छन्। बुधवार त्यहाँ ५.५ म्याग्निट्यूडको भूकम्प आएको थियो। अहिलेसम्म क्षतिका विवरण आएको छैन र सुनामीको चेतावनी पनि जारी गरिएको छैन। टोकारा क्षेत्रले विगतमा पनि यस्ता भूकम्पहरू बेहोरेको छ तर लगातार एकपछि अर्को गरी आएका पछिल्ला भूकम्पहरू अलि अस्वाभाविक लागेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भूकम्पको दृष्टिले जापान संसारमै सबभन्दा सक्रिय देशहरूमध्ये पर्छ। प्यासिफिक रिङ अफ फायर भनिने कैयन् टेक्टोनिक प्लेटहरूको सङ्गम रहेको स्थलमा जापान अवस्थित छ। त्यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प जाने बताइन्छ। टोकाराको १२ मध्ये सात टापुमा करिब ७०० मानिस बस्छन्। कतिपय विकट टापुहरूमा अस्पताल छैनन् – सबैभन्दा नजिकको टापु भनेको उक्त प्रिफेक्चरको राजधानी कागोशिमाबाट डुङ्गामा कम्तीमा छ घण्टा पर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *