२०८२ फागुन २६ गते | 10th of March 2026

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा ,सूर्य चिह्नमा दाबी

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ८ गते १२:४९

काठमाडौ –  प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन्। ओलीलाई कारबाही गरेको र आफूहरू नै आधिकारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्।  उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन्।

आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिह्न आफूहरूको हुने दाबी गरेका छन्। सूर्य चिह्न र पार्टीको नाम नेकपा आफूहरूको हुने नेता पाण्डेले बताए। ‘हामीसँग ७० प्रतिशत मत छ। घर छाडेर जानेले घर पाउँछ र? अर्को बनाउनुपर्छ,’ पाण्डेले भने, ‘सूर्य चिह्नमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ।’

दुईतिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले  बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *