२०८३ असोज २८ गते | 14th of October 2026

एनआरएनए अमेरिकाको सदस्यता छानबिन गर्न आईसिसीद्वारा समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ७ गते १९:४२

लस एन्जलस – एनआरएनए अमेकिकाको बहुचर्चित २०९३ सदस्यता छानविन प्रतिवेदन कार्यन्वयन गर्न आईसिसीले खुट्टा कमाईरहेकोबेला एनआरएनए अमेरिकाको २१ हजार सदस्य संख्याको छानबिनको लागि आईसिसीले पून: अर्को समिति गठन गरेको छ ।

एउटा विवादको फर्छ्यौट नहुंदै आईसिसीले बनाएको अर्को समितिको कार्यसम्पादन त समयले बताउला, तर सबैभन्दा ठुलो एनसिसीबनेको एनआरएनए अमेरिकाको आगामी निर्वाचनको बाटो भने सजिलो नभएको देखिन्छ ।

एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिमा आईसीसीकी उपाध्यक्ष रविना थापा, सचिवगौरीराज जोशी, सल्लाहकार हरिबोल भण्डारी, महावाणिज्यदुत ए सी शेर्पा, एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी रउपसंयोजक आरसी पोखरेल रहेका छन् ।

एमआईसी प्रविधीमा एनआरएनए अमेरिकालाई लैजाने प्रकृयामा पहल भईरहेको बेलामा, यसैअनुसार एनसिसी अमेरिकाको निर्वाचनहुनुपर्ने माग उठिरहेको बेलामा र थर्ड पार्टी भेरिफिकेशन समितिको माग उठीरहेको बेलामा २०९३ सदस्यताको प्रतिवेदन परिणाम गर्भमारहंदा– रहंदै आईसिसीको नवगठिन समितिले गर्ने कामको प्रतिक्षा भने रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *