२०८१ वैशाख २७ गते | 9th of May 2024

सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २४ गते १३:३८

लन्डन-  बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ । उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइनेछ । उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।

आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुभएको हो ।बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकाले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *