२०८१ वैशाख १८ गते | 30th of April 2024

प्रतिमा पोख्रेललाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १० गते १५:५५

काठमाडौं – नेपाल स्रष्टा समाजबाट बर्सेनि प्रदान गरिने दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान यस वर्षका लागि भोजपुरकी साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गरिएको छ । कार्यक्रम पहिल्यै तय भएको र सम्मानित प्रतिभा भोजपुरदेखि आउनु भएकाले कोभिडका कारण भौतिक दूरीका साथ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रमा शर्माले श्री पोख्रेललाई सो सम्मान प्रदान गर्नुभएको हो ।No description available.

निरन्तर साहित्य र समाजसेवामा लागिपरे तापनि ओझेलमा परेका व्यक्तित्वलाई अर्पण गरिने सो सम्मानका निमित्त नेपाल स्रष्टा समाजलाई धन्यवाद दिँदै साहित्यकार शर्माले अपाङ्गता भएका वा सीमान्तकृत वर्गलाई सहयोग गर्दै समाजसेवामा अग्रसर प्रतिभालाई यसरी सम्मान गरिएको क्षणको साक्षी हुन पाउँदा गर्व लागेको बताउनुभयो ।No description available.

दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान समाजसेवा तथा नेपाली साहित्यको सिर्जना र प्रवर्धनमा निरन्तर रहेर पनि ओझेलमा परेका स्रष्टालाई प्रदान गरिन्छ । ‘समाजसेवा र साहित्यमा निरन्तर क्रियाशील रहे पनि ओझेलमा को छ भन्दै खोज्न निकै कठिन हुने बताउँदै समाजका अध्यक्ष विधान आचार्यले भन्नुभयोः ‘प्रतिमा पोख्रेलको विषयमा गहन खोजी र छलफलपछि मात्र स्थापित पुरस्कारको मर्मलाई सुहाउँदो व्यक्ति पाएर नै नेपाल स्रष्टा समाजले समितिको सिफारिसलाई अनुमोदन गरेको हो ।’ सो सम्मानका लागि श्री मञ्जु काँचुली तिवारीका संयोजकत्वमा श्री श्रीओम् श्रेष्ठ रोदन र श्री पुष्पा खनाल रहनुभएको एक सिफारिस समिति बनेको र त्यसैका आधारमा यो सम्मान अर्पण गरिएको बताउनुभयो ।No description available.

कार्यक्रममा समाजका उपाध्यक्ष साहित्यकार श्रीओम् श्रेष्ठ रोदनले स्वागत मन्तव्य राख्दै नेपाल स्रष्टा समाजका सम्मानहरूको चयन कडा प्रतिस्पर्धा र निष्पक्ष तरिकाले हुने बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । वि.सं. २०७७ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान पाल्पाकी समाजसेवी तथा साहित्यकर्मी इन्द्रा गहतराजलाई प्रदान गरिएको थियो । सो समारोहमा सर्जकहरू नवराज तिमल्सिना अवदोषी, जानु धिताल तथा पुष्पा खनालले सम्मानका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो ।

सोही कार्यक्रममा गीतकार पुष्पा खनालको गीत सङ्ग्रह गह पोखिएरको दोस्रो संस्करण र गीतहरू तिमीले साथ नदिए नि, माया केवल माया तथा एउटा माझी सार्वजनिक गरिएको थियो । दुई सय बढी गीत लेखेकी गीतकार खनालको यसअघि एउटा एकल र एउटा संयुक्त गीत एल्वम तथा पोखिएँ यसरी शीर्षकको गीत तथा कविता सङ्गह र गह पोखिएर गीत सङ्गह प्रकाशन भइसकेका छन् । विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएका उहाँका दुई दर्जन बढी गीत बजारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *