२०८१ जेठ ४ गते | 17th of May 2024

प्रधानमन्त्री ओलीले गरे कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पताल भवनको उद्घाटन ,सन् २०२१ को अन्त्यसम्ममा सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइसक्ने दाबी

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २७ गते १२:५९

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले  वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन ।उद्घाटन  पछि प्रधानमन्त्री ओलीले  सन् २०२१ को अन्त्यसम्ममा सबै नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइसक्ने गरी सरकारले काम गरिरहेको  दाबी पनि गरेका छन ।  प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको थप खोप आपूर्तिका लागि विभिन्न देशहरूसँग संवाद र सम्झौता जारी राखेकाले खोपको आपूर्ति अब निरन्तर हुने बताए   ।  कोरोना विरुद्धको भ्याक्सिन नपाएर अब कोही नेपाली पनि तड्पिन नपर्ने  र  सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरेका कारण स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धेरै हदसम्म सफल भएको दाबी पनि गरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *